फ्लोरिडा । फिफा विश्वकपको गाडीमा तोडफोड भएपछि इङ्गल्याण्डको प्रशिक्षण उपकरणहरू क्यान्सस सिटी आइपुग्नुअघि नै चोरी भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।
घटना फ्लोरिडामा रहेको इङ्गल्याण्डको पूर्वअभ्यास क्याम्पबाट स्वोप सकर भिलेजमा उपकरणहरू ढुवानी गर्ने क्रममा भएको थियो । जहाँ शनिबार क्यान्सास सिटीमा प्रशिक्षणको लागि टोली आइपुग्नु अघि सेटअप पूरा गर्ने उद्देश्य राखिएको थियो । तर ढुवानी गरिरहेको गाडीमा तोडफोड भएपछि उपकरण पनि चोरी भएको जनाइएको छ ।
अधिकारीहरूले घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् । ‘हामी आज साँझ हराएको सामानहरू सहित क्यान्सास सिटी आइपुगेको टोलीको गाडीबाट उपकरणहरूको सम्भावित चोरीको अनुसन्धान गरिरहेका छौं,’ रोयटर्सले उद्धृत गरेको प्रहरीले जनाएको छ ।
‘अनुसन्धान जारी छ । थप अनुसन्धानको लागि दुई जनालाई हिरासतमा लिइएको छ,’ रोयटर्सले उद्धृत गरेको बेलायती मिडियाका अनुसार चोरी भएको विश्वास गरिएका वस्तुहरूमध्ये बल र बुटहरू पनि थिए ।
इङ्गल्याण्डले फिफा विश्वकप २०२६ को समूह एल मा प्रतिस्पर्धा गर्दैछ । जहाँ क्रोएसिया, घाना र पानामा छन् ।
थोमस टुचेलको टोलीले कप्तान ह्यारी केनको नेतृत्वमा २६ सदस्यीय टोली प्रतियोगिताका लागि तयारी गरिरहेको छ । एएनआइ








प्रतिक्रिया