२६ असार २०८३, शुक्रबार

‘फेरियो सरकार, फेरिए मन्त्री, फेरिएन मेडिकल माफियाको रजाइँ’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चिकित्सकहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्धको संघर्ष समितिले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘फेरियो सरकार, फेरिए मन्त्री, फेरिएन मेडिकल माफियाको रजाइँ’, ‘जेनजीको नाममा बनेको सरकार, जेनजी डाक्टरलाई न्याय दे’, सुत्केरीको उपचार गर्ने महिला डाक्टरलाई खोई सुत्केरी बिदा ?’, ‘डाक्टरको ३६ घण्टे ड्युटी खारेज गर’ लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् ।