१६ असार २०८३, मंगलबार

फिफा विश्वकप : बोस्निया–हर्जगोभिनासँग बराबरीमा रोकियो क्यानडा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जारी फिफा विश्वकप २०२६ मा सहआयोजक क्यानडाले बोस्निया–हर्जगोभिनासँग १–१ को बराबरी खेलेको छ ।

बोस्निया–हर्जेगोभिनाका जोभो लुकिकले २१ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई १–० को अग्रता दिलाएका थिए । उनको यो गोल पहिलो अन्तर्राष्ट्रिय गोल थियो ।

पहिलो हाफमा अग्रता लिएपछि बोस्नियाले आत्मविश्वासका साथ खेल्यो । क्यानडालाई बराबरी गर्न दिएन ।

तर दोस्रो हाफपछि क्यानडाले आक्रामक खेल प्रदर्शन सुरु गर्‍यो र बोस्नियाली गोलपोस्टमा निरन्तर दबाब दिइरहेको थियो । अन्ततः ७८ औं मिनेटमा वैकल्पिक खेलाडी साइल लारिनले उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

९० मिनेट पूरा भएपछि छ मिनेटको इन्जुरी समय थपियो । दुवै टोलीले विजयी गोल गर्ने प्रयास गरे पनि गोल गर्न सकेनन् । खेल अन्ततः १–१ को बराबरीमा सकियो ।