काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक समितिका पाँच सदस्यको नियुक्ति सर्वोच्च अदालतले बदर गरेको छ।
योग्यताक्रमलाई बेवास्ता गर्दै छनोट गरिएको भन्दै परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उक्त निर्णय प्रक्रिया त्रुटिपूर्ण रहेको ठहर गरेको हो। न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको इजलासले योग्यताक्रमअनुसार निर्णय नगरी ‘छनोट’ गरिएको देखिएकाले नियुक्ति कानुनसम्मत नभएको निष्कर्ष निकालेको छ।
सरकारले २०८३ वैशाख ३१ मा पाँच सदस्य नियुक्त गरेको थियो। तर सिफारिस समितिको मूल्यांकनमा पहिलो नम्बरमा रहेका उम्मेदवारलाई नछानी अन्यलाई नियुक्त गरिएको भन्दै उपेन्द्रबहादुर कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।
अदालतले योग्यताक्रमअनुसार पारदर्शी आधार र कारणसहित पुनः निर्णय गर्न सरकारलाई परमादेश समेत जारी गरेको छ।








प्रतिक्रिया