काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।
साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट माधवराज आचार्य, डा. हिमाल भट्टराई, राजेश्वर दुवाल, टंकप्रसाद सुवेदी र सन्तोष श्रेष्ठलाई सञ्चालकमा निर्वाचित गरेको छ ।
त्यसैगरी, सर्वसाधारण शेयरधनीको तर्फबाट जेलिना श्रेष्ठ निर्वाचित भएकी छन् भने साधारणसभाले स्वतन्त्र सञ्चालकमा रीता गौतमलाई मनोनयन गरेको छ ।
साधारणसभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना तथा विभिन्न प्रस्तावहरूमाथि छलफल गरी पारित गरिएको थियो ।
कार्यक्रममा शेयरधनीहरुबीच कम्पनीको भावी रणनीति तथा विकासका विषयमा सकारात्मक अन्तरक्रिया समेत भएको कम्पनीले जनाएको छ ।








प्रतिक्रिया