३१ जेष्ठ २०८३, आइतबार

यस्तो छ इप्पानको नेतृत्वका लागि बलराम खतिवडाको टिम

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को नेतृत्वको लागि वर्तमान महासचिव बलराम खतिवडाको नेतृत्वमा प्यानल घोषणा गरिएको छ ।

२४ औं वार्षिक साधारणसभाबाट निर्वाचित हुने नयाँ कार्यसमितिका लागि वर्तमान महासचिव खतिवडाको नेतृत्वमा सशक्त र अनुभवी टोली घोषणा गरिएको हो । इप्पानको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार खतिवडाको टोलीमा उपाध्यक्षमा भरतबहादुर खत्री, भरतप्रसाद नेपाल, कुमार खरेल, दीपक पौडेल तथा महिला उपाध्यक्षमा सिर्जना खड्का रहेका छन् ।

महासचिवमा वर्तमान उपमहासचिव प्रकाशचन्द्र दुलाल उम्मेदवार बनेका छन् ।

यसैगरी, सचिव पदका उम्मेदवारहरूमा कृष्णप्रसाद घिमिरे, ताराबहादुर इस्बो लिम्बु, वीरेन्द्रबहादुर मल्ल, इशा श्रेष्ठ तथा महिला सचिवमा संगीता धमला रहेका छन् । कोषाध्यक्षमा मिथुन पौडेल उम्मेदवार छन् ।

सदस्य पदका उम्मेदवारहरूमा सोमनाथ कँडेल, डा. भुषण गुरागाईं, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, सीए नारायण कँडेल, सुकुन्द ओझा, ज्योति गैरे, इन्दिरा पन्त र प्रदीप ओली रहेका छन् ।

ऊर्जा क्षेत्रमा लामो समयदेखि सक्रिय उद्यमी, लगानीकर्ता तथा व्यवसायीहरूको सहभागिता रहेको खतिवडाको टोलीले निजी क्षेत्रको ऊर्जा विकास, लगानी प्रवर्द्धन तथा नीतिगत सुधारलाई प्रमुख एजेन्डा बनाएको जनाएको छ ।

खतिवडाले इप्पानलाई अझ प्रभावकारी, व्यवसायमैत्री र ऊर्जा क्षेत्रको साझा आवाजका रूपमा स्थापित गर्ने लक्ष्यका साथ आफूहरू निर्वाचनमा होमिएको बताए ।

उनले भने, “नेपालको ऊर्जा क्षेत्र अहिले महत्वपूर्ण मोडमा छ । निजी क्षेत्रका लगानीकर्ताका समस्या समाधान, विद्युत् उत्पादन वृद्धि, प्रसारण लाइन विस्तार तथा ऊर्जा व्यापारका अवसरलाई संस्थागत रूपमा अगाडि बढाउन सक्षम नेतृत्व आवश्यक छ । हाम्रो टोली अनुभव, ऊर्जा र प्रतिबद्धताको समिश्रण हो । सम्पूर्ण सदस्यहरूको साथ र विश्वासका आधारमा इप्पानलाई अझ बलियो संस्थाका रूपमा स्थापित गर्ने हाम्रो प्रतिबद्धता छ ।”