काठमाडौं । गायक ओजभिन जिन गुरुङको स्वर रहेको देशभक्ति गीत ‘मेरो नेपाल’ सार्वजनिक गरिएको छ ।
गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई एआईको प्रयोगमार्फत आकर्षक बनाउने प्रयास गरिएको छ ।
बाल गायक ओजभिनले यसअघि २०२६ मा मास्टर नेपाल जुनियरको अवार्ड जितेका थिए ।
गीतमा शब्द तथा संगीत सुरेश राईको रहेको छ । गीतको अवधारणा गोविन्द गुरुङले तयार गरेका हुन् । म्युजिक भिडियोको निर्देशन, सम्पादन तथा निर्माण निरञ्जन पाण्डेयले गरेका छन् ।
भिडियोमा नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता तथा राष्ट्रिय पहिचानलाई प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ ।
गीत तथा भिडियो निर्माणमा गायिका आनी छोइङ डोल्मा, आरोही पासाङ दावा शेर्पालगायतले सहयोग गरेका छन् ।
अमेरिकास्थित प्रोडक्सन हाउस ‘मुभिज इन्फिनिटी क्रिएसन’को ब्यानरमा निर्माण गरिएको उक्त भिडियोलाई युट्युबमा सार्वजनिक भएको केही घण्टामै धेरै दर्शकहरुले रुचाएका छन् ।








प्रतिक्रिया