काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले वालेन्द्र शाहजस्तो व्यक्ति मुलुकको प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्य भएको बताएका छन् ।
राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालले भारतको जग्गा कहाँ, कति मिचेको छ ? नेपाली जनतालाई जानकारी गराउनुपर्ने माग गरे ।
उनले भने, ‘वालेन्द्र साहज्यूजस्ता व्यक्ति प्रधानमन्त्री हुनु नेपाली जनताको लागि बडो ठूलो दुर्भाग्य हो। नेपालले भारतको जग्गा कहाँ, कति मिचेको छरु नेपाली जनतालाई जानकारी गराउनुपर्छ। अध्यक्ष महोदय मात्रृभूमिसँग कुनै वस्तुको तुलना हुन सक्दैन। हरेक नेपालीको रगतमा देशक्तिपूर्ण भावना जीवन्त छ। सम्माननीय प्रधानमन्त्रीज्यू तपाईंदले संसदमा क्षमा माग्नुपर्छ।’








प्रतिक्रिया