७ असार २०८३, आइतबार

सीमामा तारजाली लाउन १ खर्ब बजेट छुट्याउँ : हर्क साम्पाङ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सीमानामा तारबार गर्न बजेट छुट्याउनुपर्ने माग गरेका छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले सीमामा तारजाली लगाउन एक खर्ब बजेट छुट्याउनुपर्ने बताएका हुन् । यस्तै उनले सीमामा सेना परिचालन गर्नुपर्ने धारणा समेत राखे ।

उनले भने, ‘एउटा सानो पसल कुर्नका लागि पनि हिजोआज वाचम्यान राख्ने चलन छ। सीसीटीभी क्यामरा राखिन्छ। भनेपछि खुला सीमा छ। अब सल्लाह दिएको मान्दैनन्, नत्र १ खर्ब तारजाली लगाउन पाए हुन्थ्यो। बाटोहरू बनाउनुभन्दा सिमानालाई सुरक्षा गर्नलाई बजेट छुट्टाउनुपर्छ।’