९ असार २०८३, मंगलबार

संसदमा श्रम संस्कृति पार्टीको विरोध, सभामुखले पेलेरै सदन अघि बढाए

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधि सभाको बैठकमा विरोध जनाएको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामै सांसदलाई बोल्न नदिएको र विभेद गरेको भन्दै अध्यक्ष हर्क साम्पाङ लगायत श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर विरोध जनाइरहेका छन् ।

सभामुख अर्यालले भने सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालको मनतव्यमा समेत बोलिरहेको र विरोध जनाइरहेको कारण रोष्टममा गएर बोल्ने तयारी नरहेकोले आफूले समय दिन नसकेको स्पष्ट पारेका थिए ।

अहिले अध्यक्ष राई र उनको पार्टीका सांसदहरु पर्चा बाकेर वेल घेराउसहित विरोध जनाइरहेका छन् । तर सभामुखले पेलेरै सदन अगाडि बढाइरहेका छन् ।

श्रम संस्कृतिका सांसदहरुले सदनभित्रै आफूहरूलाई विभेद भएको भन्दै गम्भीर प्रश्न उठाइरहेका छन् ।