काठमाडौं । सामसङ नेपालले विश्वकप सिजनका लागि आफ्ना टिभी लाइनअपमा विशेष अफर घोषणा गरेको छ, जसले घरभित्रै स्टेडियमजस्तै अनुभव दिन मद्दत गर्छ । यो अफर २०२६ जुलाई १९ सम्म मान्य हुनेछ ।
कम्पनीका अनुसार यो अफरअन्तर्गत चुनित सामसङ टिभी मोडेलहरूमा २५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध छ, जसले विश्वकपको अवसरमा अझ ठूलो अझ स्पष्ट स्क्रिनमा अपग्रेड गर्ने राम्रो मौका प्रदान गर्दछ । उत्कृष्ट इमर्सिभ अनुभवको लागि, ७५ इन्च वा ८५ इन्चको टिभी मोडेल खरिद गर्ने ग्राहकहरूले केवल ९,९९९ रुपैयाँमा ४९,९९० रुपैयाँ मूल्यको साउन्डबार पनि प्राप्त गर्न सक्छन्, जसले स्क्रिनमा कार्यसँग मेल खाने शक्तिशाली, इमर्सिभ अडियो थप्छ ।
विश्वकप सिजनमा खेल मात्र होइन, थप मनोरञ्जन पनि सजिलै प्रदान गर्नका लागि सामसङले निःशुल्क विश्वकप लाइभ सदस्यतासँगै १२ महिनासम्मको निःशुल्क नेटटिभी प्याकेज पनि दिइरहेको छ ।
क्यूएलईडी/यूएचडी मोडेलमा १२ महिनासम्मको निःशुल्क नेटटिभी प्याकेज उपलब्ध हुन्छ भने एफएचडी/एचडी मोडेलमा ६ महिनासम्मको निःशुल्क नेटटिभी प्याकेज उपलब्ध हुन्छ, जसले ग्राहकलाई कम झन्झटमा बढी मूल्यसहित लाइभ खेल र मनोरञ्जन प्राप्त गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ । साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाईनेन्स सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको ईएमआई योजनामा टिभी खरिद गर्न सक्छन् । नयाँ सामसङ टिभीमा अपग्रेड गर्न चाहने ग्राहकहरूले अर्कोस्टोरमार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन् ।
सामसङको टिभी अफरहरू :









प्रतिक्रिया