काठमाडौं । अमेरिकी सेनाले मंगलबार राति इरानमा हवाई आक्रमण गरेको छ ।
इरानको अर्ध सरकारी समाचार एजेन्सी तस्निमले सिरिक र मिनाब शहरहरू साथै केश्म टापुमा धेरै विस्फोटहरू सुनिएको जनाएको छ ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले यो कारबाही होर्मुजको जलडमरूम नजिकै अमेरिकी अपाचे हेलिकप्टर खसालेको प्रतिक्रियामा भएको बताएको छ ।
यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले गस्ती गरिरहेको अमेरिकी एएच–६४ अपाचे हेलिकप्टर खसालेको दाबी गरेका थिए । यद्यपि, उनले दुवै पाइलट सुरक्षित रहेको बताएका थिए ।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए, ‘अमेरिकाले यो आक्रमणको जवाफ दिनैपर्छ ।’
हेलिकप्टर दुर्घटनाबारे फरक–फरक दाबी आइरहेको छ । यसअघि अपाचे हेलिकप्टर इरानी ड्रोनसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको दाबी गरिएको थियो ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानी सेनाले कुनै पनि आक्रमणको जवाफ दिने बताएका छन् । उनले युद्धभूमिमा अमेरिका पराजय भए पनि उसले अझै पनि इरानको दृढ संकल्पको परीक्षण गरिरहेको टिप्पणी गरे ।
अराघचीलेले अमेरिकालाई चेतावनी दिँदै भनेका छन्, ‘यदि सुरक्षित रहन चाहन्छौ भने हाम्रो क्षेत्र छोड ।’








प्रतिक्रिया