काठमाडौं । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरिएको छ।
मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदले उभिएर विरोध जनाए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदलाई बोल्न समय दिएका थिए।
त्यसक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले अर्थमन्त्री डा.वाग्लेले राजीनामा दिनुपर्ने माग गरेकी हुन्।
आर्थिक विधेयकमा भएको हेरफेरका विषयमा छानबिनलाई निष्पक्ष बनाउन अर्थमन्त्री वाग्लेले राजीनामा गर्नुपर्ने उनले बताइन्। ‘अर्थमन्त्रीज्यूले जिम्मेवारीबाट पर रहनुपर्छ,’ ओलीले भनिन्।







प्रतिक्रिया