४ असार २०८३, बिहिबार

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई अध्यागमनले फर्काइदिएपछि…

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन विमानस्थलको अध्यागमन विभागले रोकेको छ ।

आउँदो बिहीबारदेखि अमेरिका, मेक्सिको र क्यानडामा सुरु हुन लागेको फिफा विश्वकप २०२६ मा सहभागिता जनाउन जान लागेका उनीहरूलाई अध्यागमनले रोकेको हो ।

मंगलबार (जेठ २६) बिहान उनीहरू मेक्सिकोमा हुने उद्घाटन समारोहमा भाग लिन जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर, अध्यागमन विभागमा उनीहरू कालोसूचीमा रहेको भन्दै फिर्ता पठाएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाबीच एन्फाको ‘अर्लि इलेक्सन’का विषयमा विवाद भएको थियो । सोहीक्रममा गत चैत ११ गत राखेपले एन्फालाई तीन महिनाका निम्ति निलम्बन गरेको थियो । साथै, एन्फा केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई विदेश जानबाट रोक लगाउँदै अध्यागमन विभागको कालोसूचीमा राखिएको थियो ।

हाल राखेपले एन्फाको निलम्बन फुकुवा गरिसकेको छ । तर, अध्यागमनको कालोसूचीबाट हटाइएको छैन ।