काठमाडौं । इरानी सेनाले इजरायल विरुद्धको सैन्य कारबाही अहिलेका लागि रोकिएको बताएको छ । तर इजरायलले लेबनानमा फेरि आक्रमण गरेमा इरानले अझ कडा प्रतिक्रिया दिने चेतावनी दिएको इरानी समाचार एजेन्सी फार्सले जनाएको छ ।
युद्धविराम भएयता आइतबार राति इरानले इजरायलमाथि पहिलोपटक ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो ।
इरानको रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले लेबनानमा हिजबुल्लाहमाथि इजरायली आक्रमणको जवाफमा उक्त कारबाही गरिएको बताएको छ ।








प्रतिक्रिया