९ असार २०८३, मंगलबार

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । कजारिया रमेश टायल्स लिमिटेडले चितवनको रत्ननगरमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै बागमती प्रदेशमा आफ्नो व्यावसायिक पहुँच थप विस्तार गरेको छ ।

चितवन हार्डवेयर एण्ड सेनेटरीद्वारा सञ्चालित यस शोरुमले स्थानीय उपभोक्ता, आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूका लागि विश्वस्तरीय पहिचान बनाएका वाल र फ्लोर टायल्सको बृहत् सङ्ग्रह सिधै उपलब्ध गराउनेछ ।

आइतबार आधिकारिक रूपमा उद्घाटन गरिएको यस शुभारम्भ समारोहमा कन्ट्री म्यानेजर अभ्यास तिवारी र मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीको प्रमुख उपस्थिति रहेको थियो । कार्यक्रममा कजारिया रमेश टायल्सका प्रतिनिधिहरू तथा चितवन हार्डवेयर एण्ड सेनेटरीको व्यवस्थापन टोलीले स्थानीय बासिन्दाहरूलाई स्वागत गर्दै शोरुमको अवलोकन गराएका थिए ।

ग्राहकमैत्री र आकर्षक वातावरण प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको शोरुममा आगन्तुकहरूले कजारियाका सिग्नेचर फ्लोर र वाल टायल्सको विस्तृत श्रृंखला प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन् । यसले ग्राहकहरूलाई आफ्नो घर वा परियोजनाका लागि उपयुक्त डिजाइन, टेक्स्चर र फिनिसिङ छनोट गर्न प्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने कम्पनीको विश्वास छ ।

उद्घाटन कार्यक्रममा कजारिया रमेश टायल्सका प्रतिनिधिले भने, “चितवन हार्डवेयर एण्ड सेनेटरीसँगको हाम्रो साझेदारी प्रमुख सहरहरूभन्दा बाहिर पनि उच्च गुणस्तरीय टाइलिङ सोलुसन्स उपलब्ध गराउने दिशामा एउटा महत्त्वपूर्ण कदम हो । चितवन र आसपासका क्षेत्रका बासिन्दाहरूले कजारियाको भरपर्दो गुणस्तर र आधुनिक डिजाइनहरूमा सहज पहुँच पाउन सकून् र आफ्नो निर्माण तथा सजावटका योजनाहरूलाई सफलतापूर्वक साकार पार्न सकून् भन्ने हाम्रो लक्ष्य हो ।”