काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको बुढानीलकण्ठस्थित चौकीडाँडा पर्यटकीय पार्कमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार दिवसको अवसरमा बुढानीलकण्ठ–१ को चौकीडाँडा पर्यटकीय पार्कमा करिब २५० विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको छ भने देशव्यापी रूपमा अन्य प्रदेशहरूमा कोशीमा २०० वटा, मधेशमा २५० वटा, गण्डकीमा २०० वटा, लुम्बिनीमा २०० वटा, कर्णालीमा २०० वटा र सुदूरपश्चिममा २०० वटा गरी कुल १५०० वटा वृक्षारोपण गरिएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, बुढानीलकण्ठ वडा कार्यालय–१ का अध्यक्ष सुरेन्द्र लामा तथा बैंकका उच्च व्यवस्थापन लगायतका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरुमा स्वास्थ शिविर सन्चालन एंव समुदायिक विद्यालयमा सहयोगहरु समेत गरिसकेको छ ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले आज रोपिएको प्रत्येक बिरुवाले भोलिका पुस्तालाई स्वच्छ हावा, सुरक्षित वातावरण र स्वस्थ जीवन प्रदान गर्ने विश्वास व्यक्त गरे ।
सिटिजन्स बैंक इन्टरनेसनलले वित्तीय सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा लिएको छ । वातावरण संरक्षण, समुदाय विकास तथा दिगो भविष्य निर्माणका लागि बैंकले निरन्तर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र आगामी दिनहरूमा पनि यस्ता प्रयासलाई निरन्तरता दिने जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ्ग इकाइहरुबाट २० लाख २८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया