काठमाडौं । आजको लागि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । विपक्षीहरूको अवरोधपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको हो ।
बैठक सुरू हुनासाथ विपक्षीले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। १५ मिनेटपछि पनि बैठक बस्न नसकेपछि सूचना टाँस गरेर मंगलबारसम्मका लागि स्थगित गरिएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने माग राख्दै विपक्षीले निरन्तर संसद अवरोध गर्दै आएका छन् ।













प्रतिक्रिया