२२ असार २०८३, सोमबार

रवि आफैँले भने– प्रधानमन्त्री सदनमा बोल्नु हुन्न

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा जवाफ नदिने प्रष्ट पारेका छन् ।

आज बसेको सर्वदलीय बैठकमा बोल्दै उनले सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्‌मा जवाफ दिने प्रस्ताव गरेका हुन् ।

त्यतिले नपुगे आफू स्वयंले पनि सदनमा जवाफ दिने उनको भनाइ छ ।

“परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, आवश्यक परे म दिन्छु,” उनले भने, “प्रधानमन्त्री बोल्नु हुन्न ।” नेपाल–भारत सीमाबारे प्रधानमन्त्री बालेनले संसद्‌मा दिएको विवादित अभिव्यक्तिपछि संसदमा निरन्तर विरोध भइरहेको छ ।