२६ जेष्ठ २०८३, मंगलबार

रविले बोलाएको सर्वदलीय बैठक सुरु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु भएको हो ।

बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टीका दुई/दुई जना सहभागी छन् ।

रास्वपा वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन साहले संसदमा नेपालले पनि भारतको जग्गा मिचेको भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरुद्ध गर्दै आएको बेला सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।