२७ जेष्ठ २०८३, बुधबार

चर्को बहसपछि ट्रम्पले अन्तर्वार्ता बीचैमा छोडेर पत्रकारलाई भने– अब पुग्यो, थ्याङ्क यू डार्लिङ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एक अन्तर्वार्ताको क्रममा आक्रोशित हुँदै उनी बीचैमा बाहिर निस्किएका छन् ।

एनबीसीको एक कार्यक्रममा ट्रम्पलाई इरान युद्ध र क्यालिफोर्नियामा २०२० को चुनावी धाँधलीको बारेमा गम्भीर प्रश्नहरू सोधिएको थियो ।

सुरुवातीमा उनले शान्तपूर्वक जवाफ दिएका थिए तर चुनावी धाँधलीको आरोपको प्रमाण माग्दा परिस्थिति जटिल बनेको थियो ।

अन्तर्वार्ताको क्रममा ट्रम्पले प्रस्तोतासँग चर्को बहस गरे । ट्रम्पले उक्त च्यानललाई एकतर्फी भ्रष्ट सञ्जाल बेइमान भने । प्रमाण माग्दा ट्रम्पले माइक्रोफोन निकालेर अन्तर्वार्ता बीचैमा छोडेर हिँडे ।

ट्रम्पले क्यालिफोर्नियामा ढिलो मतगणना चुनावी धाँधलीको संकेत भएको टिप्पणी गरेका थिए ।

एनबीसीको ‘मिट द प्रेस’ कार्यक्रममा होस्ट क्रिस्टन वेल्करले ट्रम्पको अन्तर्वार्ता लिएकी थिइन् ।

अन्तर्वार्ता शुक्रबार विस्कान्सिनको एक फार्ममा रेकर्ड गरिएको थियो र आइतबार प्रसारण गरिएको थियो ।

अन्तर्वार्ताको पृष्ठभूमिमा ट्रयाक्टर र परालको थुप्रो देखिएको थियो । भारी वर्षा र अडियो समस्याहरूले धेरै पटक कुराकानीमा बाधा पुर्‍याएको थियो ।

अन्तर्वार्तामा ट्रम्पलाई इरान युद्ध, आणविक हतियार र अमेरिकालाई विदेशी युद्धबाट टाढा राख्ने उनको प्रतिबद्धताको बारेमा प्रश्न गरिएको थियो । उक्तबारे ट्रम्पले भने– सबैभन्दा पहिले, मैले कहिल्यै युद्ध हुने छैन भनेँ । त्यसो भए म किन संसारको सबैभन्दा बलियो सेना निर्माण गर्थें ?

त्यसपछि ट्रम्पले होस्ट वेल्करलाई ‘विशाल उदारवादी र प्रगतिशील’ भने । होस्ट वेल्करले जवाफ दिइन्, ‘होइन, म केवल एक पत्रकार हुँ ।’

ट्रम्पले अगाडि भने थिए, ‘मलाई यी चलिरहेका युद्धहरू मन पर्दैन । यो लामो समयसम्म चल्ने युद्ध होइन । हामी यो तीन महिनादेखि गर्दै आएका छौँ ।’

बहस चर्किदैं जाँदा ट्रम्पले माइक्रोफोन भुइँमा फ्याँक्नु अघि भने– सरी, अब यो कुरा यही अन्त्य गरौँ । धेरै भयो । थ्याङ्क यू डार्लिङ । तपाईंको समय राम्रो रहोस् ।