काठमाडौं । फिलिपिन्समा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ७ः३७ बजे भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु मिन्डानाओ टापुको जनरल सान्तोस शहरबाट लगभग १३ किलोमिटर दक्षिण पश्चिममा थियो ।
फिलिपिन्स सिस्मोलोजिकल इन्स्टिच्युटले यसको गहिराइ १० किलोमिटर अनुमान गरेको छ भने अमेरिकी भूगर्भ सर्वेक्षणले ७.८ म्याग्निच्युड र गहिराइ ५५ किलोमिटर रेकर्ड गरेको छ ।
प्यासिफिक सुनामी चेतावनी केन्द्रले फिलिपिन्सका केही तटीय क्षेत्रहरूमा ३ मिटर अग्ला छालहरू आउनसक्ने चेतावनी दिएको छ भने इन्डोनेसिया र मलेसियाका केही तटहरूमा १ मिटर अग्ला छालहरूको जोखिम रहेको छ ।
भूकम्पले धेरै घरहरूमा क्षति पुगेको छ ।








प्रतिक्रिया