काठमाडौं । मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीच बढ्दो द्वन्द्वले सम्पूर्ण क्षेत्रलाई अस्थिर बनाएको छ । कूटनीतिक प्रयासहरू जारी भए पनि हालैका घटनाक्रमहरूले युद्धविराम र शान्ति वार्ताको सम्भावनामाथि प्रश्नहरू उठेको छ ।
यसैबीच, इरानको विदेश मन्त्रालयले अमेरिकाले युद्धविराम उल्लंघन गरेको दाबी गरेको छ । इरानले अमेरिकाले तनाव कम गर्नुको सट्टा आफ्नो सैन्य कारबाहीबाट सम्पूर्ण क्षेत्रको सुरक्षालाई खतरामा पारेको आरोप लगाएको हो ।
इरानी विदेश मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटर (एक्स)मा जारी गरेको एक विज्ञप्तिमा अमेरिकाले सिरिक क्षेत्र र केश्म टापुमा इरानी तटीय राडार र निगरानी स्टेशनहरूमा आक्रमण गरेको बताएको छ । मन्त्रालयले यो कार्य युद्धविराम सम्झौताको स्पष्ट उल्लङ्घन भएको बतायो ।
मन्त्रालयले यी आक्रमणहरूले अब उत्पन्न हुने जस्तोसुकै परिस्थिति र कुनै पनि परिणामको लागि अमेरिका पूर्ण रूपमा जिम्मेवार हुने चेतावनी दिएको छ ।








प्रतिक्रिया