३० जेष्ठ २०८३, शनिबार

२५ वर्षीय युवकले हाँक्ने भए नुवाकोटको रास्वपा

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी शरण महतलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

कुल ३२५ मत खसेकोमध्ये गजुरेलले २५७ मत ल्याएर सभापति निर्वाचित हुँदा महतले ३७ र राजु लामिछानेले २८ मत मात्रै प्राप्त गरेका थिए।

अधिवेशनबाट कृष्णलाल श्रेष्ठ १७३ मत ल्याएर उपसभापतिमा निर्वाचित भएका छन् भने सचिवमा वसन्त धिताल, जनजाति सदस्यतर्फ छोपेन तामाङ, महिलातर्फ लक्ष्मी पाण्डे, जानुका सापकोटा, राधिका रिमाल, खुला सदस्य क्षेत्र नम्बर १ मा विपना पाण्डे, क्षेत्र नम्बर २ मा सुवास भण्डारी निर्वाचित भएका छन् ।