२४ असार २०८३, बुधबार

ओमानलाई हराउँदै नेपाल फाइनलमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल ओमानलाई हराउँदै एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार सिंगापुरमा भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालको जितमा ब्याटर लोकेश बमले अविजित ४४ रन बनाए । कप्तान रोहित पौडेलले अविजित २१ रन, कुशल भुर्तेलले २० रनको योगदान दिए ।