३० असार २०८३, मंगलबार

परराष्ट्रमन्त्री खनाल र भारतीय सुरक्षा सल्लाहकार डोभालबीच भेटवार्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका छन् ।

शनिबार नयाँ दिल्लीमा भएको भेटमा उनीहरुबीच दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ । भेटमा विशेषगरी कनेक्टिभिटी (आवागमन तथा पूर्वाधार विकास), ऊर्जा सहयोग र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको बताइएको छ ।

यसअघि शनिबार साँझ परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

खनाले शनिबार नै भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवासँग भेटवार्ता गरेका थिए ।