८ असार २०८३, सोमबार

रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा सागर दाहाल निर्वाचित भएका छन् । दाहालले १४२ मत प्राप्त गरेर सभापतिमा निर्वाचित भएका हुन् ।

दाहालका निकटतम प्रतिद्वन्द्वीहरू कृष्ण रौनियारले ७४ मत, मोहन निरौलाले ६२ मत र चक्र विष्टले १० मत प्राप्त गरे ।

त्यसैगरी, उपसभापति पदमा राजेशमान श्रेष्ठ १९७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी देविका भण्डारीले ७४ मत मात्र प्राप्त गरिन् ।

सचिवमा राजारामकुमार मेहता र सहसचिव पदमा योगेन्द्र गिरी निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला सदस्यहरूमा लक्ष्मी सुवेदी २०९ मत, राजकुमारी मेहता १६९ मत, धरमवीर आर्य ११२ मत, रेणुका हरिजन १०९ मत र गोकुल थापा १०७ मतसहित निर्वाचित भएका छन् ।