३१ असार २०८३, बुधबार

नेपाललाई ओमानले दियो ९५ रनको लक्ष्य

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनल खेलमा ओमानले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ ।

आज सिंगापुरमा नेसनल क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा ९४ रन मात्र बनायो ।

नेपालका लागि करण केसीले तीन विकेट लिए । चार ओभर बलिङ गर्दा एक मेडनसहित २० रन खर्चिएर केसीले तीन विकेट हात पारेका हुन् ।

सन्दीप लामिछानेले १९ रन खर्चिएर दुई विकेट लिए । सोमपाल कामीले चार ओभर बलिङ गर्दा समान दुई विकेट लिए ।

नेपालका लागि साहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एकएक विकेट लिए ।

ओमानका लागि कप्तान सुफयान महमूदले सर्वाधिक ३८ रन बनाए । जुबैर अल बालुशीले २२, अब्दुल जलीलले १६ रन बनाए ।