१२ असार २०८३, शुक्रबार

हङकङसँग नेपालको लज्जास्पद हार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मलेसियामा जारी एसिसी महिला प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।

शनिबार भएको खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको हो ।

हङकङले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमा ४० रन बनाएर अलआउट भयो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले २० ओभरमा ३ विकेट गुमाएर १०९ रन बनाएको थियो ।

यो जितपछि हङकङको ३ खेलमा ६ अंक भएको छ र समूह ‘डी’ मा शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ ।

नेपाल पराजित भए पनि उपविजेता हुँदै क्वाटरफाइनलमा पुगेको छ ।

अब नेपालले समूह ‘ए’ को विजेतासँग खेल्नेछ ।