१ श्रावण २०८३, शुक्रबार

श्रेयस अय्यर बने भारतीय टी–२० टोलीको नयाँ कप्तान, १५ वर्षीय वैभव सूर्यवंशी टोलीमा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आयरल्याण्ड र इङ्गल्याण्डविरुद्धको टी–२० शृंखलासँगै एसियाली खेलकुदका लागि भारतीय टोलीको घोषणा गरेको छ ।

बीसीसीआईले श्रेयस अय्यरलाई नयाँ टी–२० कप्तान नियुक्त गरेको हो । यसअघिका कप्तान सूर्यकुमार यादवलाई टोलीमा समावेश गरिएको छैन ।

तिलक वर्मालाई उपकप्तान नियुक्त गरिएको छ ।

यस्तै, १५ वर्षीय वैभव सूर्यवंशीलाई टोलीमा समावेश गरिएको छ ।

भारतीय टी–२० टोली

श्रेयस अय्यर (कप्तान), अभिषेक शर्मा, सञ्जु सैमसन, इशान किशन, शिवम दुबे, तिलक वर्मा, नितिश कुमार रेड्डी, अक्षर पटेल, वाशिंगटन सुन्दर, वरुण चक्रवर्ती, रवि बिश्नोई, मोहम्मद सिराज, हर्षित राणा, अर्शदीप सिंह, प्रिन्स यादव, वैभव सूर्यवंशी ।