२४ जेष्ठ २०८३, आइतबार

एनआईसी एशिया बैंकद्वारा परोपकारी संस्था र दुई विद्यालयमा शैक्षिक सामग्री प्रदान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत परोपकारी संस्था तथा विद्यालयहरुलाई विभिन्न सहयोग सामग्रीहरु प्रदान गरेको छ ।

बैंकले बिर्तामोड, झापा जिल्लास्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चाालित हाम्रो साझा घरमा फर्निचर, निजगढ, बारा जिल्लास्थित सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र मेचिनगर, झापा जिल्लास्थित अरनिको माध्यमिक विद्यालयमा शैक्षिक सामग्रीहरु सहयोग प्रदान गरेको छ ।

एक कार्यक्रमकाबीच बैंकका केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेनराज सुब्बाले हाम्रो साझा घरकी अध्यक्ष विष्णु दिदी कार्कीलाई बेडहरु हस्तान्तरण गरे । उक्त संस्थाले हाल ४४ भन्दा धेरै असहाय, अशक्त तथा वृद्ध व्यक्तिहरुलाई खानबस्ने व्यवस्थासहित सहारा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी, बैंकको वीरगञ्ज सर्कल हेड गोपालप्रसाद सुवेदीले सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकारलाई ल्यापटप तथा प्रोजेक्टर प्रदान गरे । साथै, अर्को एक कार्यक्रममा केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेनराज सुब्बाले अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईलाई स्मार्टबोर्ड र ल्यापटप प्रदान गरे ।

सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा २६३ भन्दा धेरै विद्यार्थीहरु र अरनिको माध्यमिक विद्यालयमा ३५० भन्दा धेरै विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

असहाय, अशक्त तथा पाका उमेरका व्यक्तिहरुलाई सहारा प्रदान गरिरहेको साझा घरलाई उपलब्ध गराइएको सहयोगबाट उक्त संस्थामा आश्रित व्यक्तिहरुको दैनिक जीवन अझ सहझ तथा स्वस्थकर हुनुको साथै सरकारी÷सामुदायिक विद्यालयहरुलाई उपलब्ध गराइएको शैक्षिक सामग्रीबाट डिजिटल सिकाई अभ्यासलाई सुदृढ बनाउने, विद्यालयमा विद्यार्थी सहभागिता बढाउने तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।