४ असार २०८३, बिहिबार

एनआईसी एशिया बैंक र इफिक्स नेपालबीच सम्झौता, शून्य ब्याजदरमै अनरका स्मार्टफोन खरिद गर्न सकिने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर ब्राण्डका स्मार्टफोनको आधिकारिक बिक्रेता इफिक्स नेपाल प्रालिबीच बैंकका ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्नेसम्बन्धी एक द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।

आफ्ना ग्राहकहरुको डिजिटल बैंकिङसम्बन्धी आवश्यकताहरूलाई सम्बोधन गर्दै ग्राहक अनुभवलाई थप परिष्कृत बनाउने रणनीतिक उद्देश्यका साथ यो सहकार्य गरिएको बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ नरेन्द्र मैनाली र इफिक्स नेपालका तर्फबाट आइटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गरे ।

यस सम्झौता अनुसार एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य प्रतिशत ब्याजदरमा अनर ब्राण्डका स्मार्टफोनहरू https://efix.com.np/ बाट क्रेडिट कार्ड मार्फत खरिद गरी आकर्षक मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकहरूले कुनै थप ब्याज बिना अधिकतम १२ महिनासम्मको अवधिमा रकम भुक्तानी गर्नसक्ने गरी आकर्षक स्मार्टफोनहरू खरिद गर्नसक्ने विशेष लाभ हासिल गर्न सक्नेछन् र मासिक किस्तावन्दीका लागि बैंकको पोर्टल https://instabuy.nicasiabank.com/insta-pay बाट सहजै अनलाइन आवेदन दिई भुक्तानीलाई मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सकिनेछ । साथै, विदेशमा रहेका नेपालीहरूले समेत इफिक्स नेपालको वेबसाइटमा बैंकको अत्याधुनिक कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे ‘साइबर सोर्स’ प्रणालीमार्फत भुक्तानी गरी नेपालमा रहेका आफ्ना परिवार तथा आफन्तजनका लागि स्मार्टफोन उपहार पठाउन सक्नेछन् । यस साइबर सोर्स प्रणालीमा जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूद्वारा जारी गरिएका भिसा र मास्टरकार्ड प्रयोग गर्न सकिने व्यवस्था छ ।