काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
पाँचदिने भारत भ्रमण सकेर शुक्रबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले मोदीलाई भ्रमणको निम्तो दिएको बताएका हुन् ।
‘भारतीय प्रधानमन्त्रीलाई पनि निमन्त्रणा गरिसकेको छु। प्रधानमन्त्री र भाजपाका अध्यक्ष सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘आवश्यकताअनुसार विभिन्न राजनीतिक दलहरूलाई आमन्त्रण गर्ने निरन्तर चलिरहन्छ। हेरौँ समयले कहिले जुराउँछ, दुवै तर्फको जुरेपछि हुन्छ।’








प्रतिक्रिया