११ असार २०८३, बिहिबार

मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध नेकपा (एमाले) अदालत जाने भएको छ ।

महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै कानूनी उपचारका लागि सर्वोच्च अदालत जाने निर्णय गरेको जानकारी दिएका हुन् । प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेको एमालेको निष्कर्ष छ।

प्रतिवेदन हेर्दा नियोजित ढङ्गबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक रूपमा निषेध गर्नेगरी दोषारोपण गर्ने उद्देश्यबाट प्रेरित भएको विज्ञप्तिमा उल्लेख छ ।

आयोगको प्रतिवेदन तथा त्यससम्बन्धी सिफारिसहरूको संवैधानिक, कानुनी र तथ्यगत पक्षमा गहिरो अध्ययन गर्न कानुन व्यवसायी तथा विषय विशेषज्ञहरूको अध्ययन समूह गठन गर्ने, प्रतिवेदनमा देखिएका पूर्वाग्रह, क्षेत्राधिकार बाहिरका सिफारिस तथा कानुनी विरोधाभासहरूको मूल्याङ्कन गर्ने विज्ञप्तिमा उल्लेख छ।

यस्तै, आवश्यक परे मर्का परेको पक्षको तर्फबाट आयोगसमक्ष औपचारिक आपत्ति वा पुनरावलोकनको माग गर्ने एमालेको तयारी छ।