काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच सम्झौता भएमा आफू इरानका सर्वोच्च नेता मोज्तबा खामेनीलाई भेट्न तयार रहेको बताएका छन् ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन् ।
ट्रम्पले भने, ‘म भेट्न चाहन्न, तर यदि हामीले भेट्यौँ भने मलाई गर्व महसुस हुनेछ । यदि सम्झौता भयो भने, भेटघाट सम्भव छ । मलाई यसमा कुनै समस्या हुने छैन ।’
ट्रम्पका अनुसार कुनै पनि सम्भावित भेटघाट सम्मानजनक हुनेछ र आफूले इरानका सर्वोच्च नेतालाई सम्मानजनक व्यवहार गर्ने उनले बताए ।
ट्रम्पले आफ्नो प्रशासनले इरानबाट समृद्ध युरेनियम प्राप्त गर्न सेना पठाउने विचार गरेको तर योजना अस्वीकार गरिएको उल्लेख गरे । ट्रम्पका अनुसार, यो अपरेशन धेरै जोखिमपूर्ण थियो र यसले अमेरिकी सैनिकहरूको ज्यान लिन सक्थ्यो । त्यसैले यसलाई अगाडि बढाइएन ।








प्रतिक्रिया