२८ असार २०८३, आइतबार

मध्यपूर्व तनाव : इजरायलले भन्यो– पाकिस्तानको मध्यस्थतामा विश्वास छैन, हमास नेता त्यहाँ बारम्बार पुगे

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मध्यपूर्वमा जारी तनाव थप लम्बिने देखिएको छ । इजरायलले युद्धविरामको मध्यस्थता गरिरहेको पाकिस्तानमाथि विश्वास नरहेको टिप्पणी गरेको हो ।

भारतका लागि इजरायलका राजदूत रुवेन अजरले पाकिस्तानलाई समस्याग्रस्त देशको रूपमा वर्णन गर्दै क्षेत्रीय विवादहरूमा मध्यस्थकर्ताको रूपमा सजिलै भर पर्न नसकिने बताए ।

पीटीआईसँगको एक अन्तर्वार्तामा अजरले पाकिस्तानको भूमिकाको बारेमा प्रश्नहरू रहेको बताए । उनका अनुसार यदि मध्यस्थकर्ता एक पक्षको धेरै नजिक भयो भने वार्तामा बाधा पुग्न सक्छ ।

उनले हालैका वर्षमा हमास नेताहरूको पाकिस्तान र बंगलादेश भ्रमण बढेको दाबी पनि गरे । दक्षिण एसियाली देशहरूको बारेमा बोल्दै उनले इजरायलले सामना गरिरहेको सुरक्षा खतरा अन्यत्र पनि देखा पर्नसक्ने बताए ।

यसैबीच, इरानले आफू वा आफ्नो हितमा आक्रमण भएमा कडा जवाफ दिने बताएको छ । उसले कुवेत र बहराइनलाई पनि चेतावनी दिँदै इरानविरुद्ध आफ्नो भूमिको कुनै पनि प्रयोग सहन नसकिने स्पष्ट पारेको छ ।