काठमाडौं । उपचारका लागि अस्पताल लैजाने अनुमति लिएर कारागारबाट बाहिर निकालेर प्रहरीले नै एक कैदीलाई होटलमा लगेर मासु र बियन खुवाएको खुलेको छ ।
केन्द्रीय कारागार सुन्धारामा ठगी कसुरमा रहेका अनुप भण्डारी नाम गरेका कैदीलाई उपचार गर्न बिनायक अस्पताल तथा प्रसूति गृह प्रा.लि सामाखुसी लाने भन्दै होटलमा लगेर प्रहरीले मस्ती गराएको हो ।
कैदी भण्डारीको ढाडको उपचारका लागि भन्दै कारागारको सुरक्षामा रहेको नेपाल प्रहरी अनाश्रित गुल्म जगन्नादेवलले प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकलाई पत्रसाथ पठाएको थियो ।
कारागार प्रशासनको पत्रपछि उनीहरूलाई भण्डारीको जिम्मा लगाएर उपचारका लागि पठाइएको थियो । तर हवल्दार कुँवर र जवान विकले भण्डारीले एक गेस्ट हाउसमा लगेर घण्टौँ मासु र बियर खुवाएको पाइएको हो ।
घटनापछि कारागार प्रशासनले छानबिन थालेको थियो। अनुसन्धानबाट हवल्दार र जवानले जिम्मेवारी विपरीत कार्य गरेको निष्कर्ष निकाल्दै उनीहरूमाथि विभागीय कारबाही गर्दै सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको बताइएको छ।








प्रतिक्रिया