काठमाडौं । कुशल भुर्तेलको शानदार शतकीय इनिङ्सको मद्दतमा नेपालले मलेसियामाथि १६७ रनको प्रभावशाली जित निकाल्दै एसियन गेम्स छनोट प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको छ।
सिंगापुरमा बिहीबार सम्पन्न खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७५ रनको विशाल स्कोर खडा गरेको थियो। ओपनर कुशल भुर्तेलले १२६ रनको आक्रामक पारी खेल्दै टोलीलाई बलियो अवस्थामा पुर्याए भने आशिफ शेखले ६८ रनको योगदान दिए।
जवाफमा २७६ रनको लक्ष्य पछ्याएको मलेसिया १०८ रनमै सीमित भयो। नेपालका शेर मल्लले तीन विकेट लिएर बलिङ आक्रमणको नेतृत्व गरे।
यो जितसँगै नेपाल समूह ‘ए’को शीर्ष स्थानमा रहँदै अन्तिम चारमा प्रवेश गरेको छ।








प्रतिक्रिया