काठमाडौं । एसीसी महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। बिहीबार भएको खेलमा भुटानलाई ५१ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा आफ्नो उत्कृष्ट लय कायम राखेको हो।
नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो। भुटानका लागि डेचेन वाङमोले सर्वाधिक ३९ रन बनाइन्।
यसअघि ब्याटिङ गरेको नेपाल ११३ रनमा समेटिए पनि सीता राना मगरको ३७ रन र रुविना क्षत्रीको २४ रनको योगदान महत्वपूर्ण रह्यो।
बलिङतर्फ रुविना क्षत्रीले ३ विकेट लिँदा रिया शर्माले २ विकेट हात पारिन्। नेपालले अब आफ्नो अन्तिम समूह चरणको खेल शनिबार हङकङसँग खेल्नेछ।









प्रतिक्रिया