२९ जेष्ठ २०८३, शुक्रबार

रवि भारत भ्रमणमै रहेका बेला परराष्ट्रमन्त्री खनालको भारत भ्रमण तय

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन् ।

लामिछाने भारत भ्रमणमै रहेका बेला परराष्ट्रमन्त्री खनालको भारत भ्रमण तय भएको बुझिएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आगामी शनिबार तीनदिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

यसअघि खनालले मरिससमा आयोजित नवौं हिन्द महासागर सम्मेलनमा जयशंकरसँग भेटवार्ता गरेका थिए ।