काठमाडौं । भारतको कर्नाटकका नवनियुक्त मुख्यमन्त्री डीके शिवकुमारले संविधान हातमा बोकेर शपथ लिएका छन् ।
बुधबार बेंगलुरुको लोक भवनमा उनले २४ औं मुख्यमन्त्रीको रूपमा शपथ लिएका हुन् ।
शिवकुमार गत मे ३० मा कांग्रेस दल नेता चुनिएका थिए ।
सिद्धरामय्याले गत मे २८ मा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
शपथ समारोहमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, लोकसभामा विपक्षी नेता तथा कांग्रेस सांसद राहुल गान्धी लगायतका नेताहरु उपस्थित थिए ।








प्रतिक्रिया