काठमाडौं । भारतको बिहार प्रदेशको एक ८५ वर्षीय वृद्धलाई वैशाली जिल्ला अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ ।
३४ वर्ष अघि हत्या प्रयासको मुद्दामा जिल्ला तथा अतिरिक्त सत्र न्यायाधीश-१ मनोज कुमार तिवारीले वृद्ध रायलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएका हुन् । रायका परिवारका अन्य चार सदस्यलाई दोषी ठहर गर्दै १०–१० वर्षको जेल सजाय सुनाइएको छ । तर अन्य चार जना दोषीको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रायलाई उनको वृद्धावस्थाका कारण अस्थायी जमानत दिइएको छ ।
वृद्ध राई र परिवारका अन्य चार सदस्यमाथि सडकमा सिसाका टुक्राहरू फैलाएको र एक जोडीमाथि ज्यान मार्ने गरी आक्रमण गरेको आरोप लगाइएको थियो । यो घटना ३४ वर्ष अघि अर्थात सन् १९९२ को थियो ।
३४ वर्ष लामो यो न्यायिक प्रक्रियाको क्रममा पाँच अभियुक्तमध्ये चार जनाको मृत्यु भइसकेको छ । अब केवल ८५ वर्षीय राय जिवित छन् । उनलाई अदालतले बोलाएको थियो ।
अहिले रायको अवस्था यति बिग्रिएको छ कि उनी हिँड्न वा बस्न पनि मुस्किलले सक्छन् । लौरो र अरूको सहयोगमा उनी अदालत पुगेका थिए ।








प्रतिक्रिया