काठमाडौं । एक्सप्रेस–टी विद्युतीय ट्याक्सी प्रयोगकर्ता तथा चालकहरूका लागि खुसीको खबर आएको छ। ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै कम्पनीले बालकुमारीस्थित आफ्नो डेडिकेटेड सर्भिस सेन्टरको सञ्चालन समय उल्लेखनीय रूपमा विस्तार गरेको हो।
कम्पनीका अनुसार अब उक्त सर्भिस सेन्टर बिहान ७ बजेदेखि राति १० बजेसम्म अर्थात् दैनिक १५ घण्टा सञ्चालन हुनेछ। यसअघि बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म मात्र खुला रहने सर्भिस सेन्टरको समय बढाइएपछि काठमाडौं उपत्यकाका अधिकांश ट्याक्सी चालकले आफ्नो व्यस्त कार्यतालिकाबीच सहज रूपमा सर्भिसिङ तथा मर्मत सेवा लिन सक्ने भएका छन्।
विस्तारित सञ्चालन समयले सवारी सञ्चालनमा हुने अवरोध न्यून गर्दै छिटो, सहज र भरपर्दो सेवा प्रदान गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।
कम्पनीले बालकुमारीपछि गोंगबु र भक्तपुरस्थित डेडिकेटेड सर्भिस सेन्टरहरूमा समेत यही समय तालिका चाँडै लागू गरिने जनाएको छ। यसबाट एक्सप्रेस–टी प्रयोगकर्ताले अझ व्यापक र सहज सेवा पहुँच प्राप्त गर्ने अपेक्षा गरिएको छ।
यात्रुका लागि आरामदायी तथा चालकका लागि किफायती विकल्पका रूपमा स्थापित हुँदै गएको एक्सप्रेस–टी विद्युतीय ट्याक्सी पछिल्लो समय तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ। उत्कृष्ट ड्राइभिङ अनुभव, कम सञ्चालन खर्च तथा बलियो बिक्रीपछिको सेवा प्रणालीका कारण यो ट्याक्सी चालक र यात्रु दुवैको रोजाइमा पर्दै गएको कम्पनीको दाबी छ।
हाल कम्पनीले पाटन, एकान्तकुना, सानेपा, जोरपाटी, बनस्थली, गुह्येश्वरी, गोंगबु, भक्तपुर, टिकाथली, नेपालगञ्ज, खाडीचौर, चन्द्रागिरी र स्वयम्भू गरी १३ स्थानमा डेडिकेटेड फास्ट चार्जिङ सुविधा सञ्चालन गरिरहेको छ। त्यस्तै बालकुमारी, गोंगबु र भक्तपुरस्थित सर्भिस सेन्टरमार्फत नियमित सर्भिसिङ तथा रिपेयर सेवा उपलब्ध गराइँदै आएको छ भने भक्तपुरस्थित अत्याधुनिक शोरुमबाट बिक्री सेवा पनि प्रदान भइरहेको छ।
ग्राहकलाई थप निश्चिन्त बनाउन एक्सप्रेस–टीले एक वर्षको अटो प्लस गाडी बिमा, तीन वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म निःशुल्क नियमित सर्भिसिङ तथा पाँच वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म ब्याट्री र मोटरमा वारेन्टी सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।
विस्तारित सर्भिस समयसँगै एक्सप्रेस–टीले विद्युतीय ट्याक्सी प्रयोगकर्तालाई अझ छिटो, सहज र भरपर्दो सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको हो।








प्रतिक्रिया