काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले दरबार हत्याकण्डको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलको बयान लिन माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शाहीले तत्कालीन गृहमन्त्री पौडेलको बयान लिएर छानबिन गर्न माग गरेका हुन् ।
शाहीले लेखेका छन्, ‘नेपाल सरकारलाई मेरो विनम्र अपिल छ । दरबार हत्याकाण्ड भएको समयमा देशका गृहमन्त्री रहनुभएका व्यक्ति आज राष्ट्रपतिको जिम्मेवारीमा हुनुहुन्छ । त्यस समयको परिस्थितिबारे उहाँसँग महत्त्वपूर्ण जानकारी, अनुभव वा दृष्टिकोण हुन सक्ने भएकाले सत्यतथ्य पत्ता लगाउने उद्देश्यले उहाँको बयान लिने, आवश्यक जानकारी माग्ने वा छानबिन प्रक्रियामा सहयोग गर्न अनुरोध गर्ने विषयमा सम्बन्धित निकायले विचार गरोस् ।’
पूर्वराजपरिवारप्रति श्रद्धान्जली अर्पण गर्दै शाहीले लेखेका छन्, ‘हामी न्याय खोजिरहेका छौँ । राजपरिवारले न्याय नपाएको देशमा के गरिब, दुःखी र निमुखा जनताले न्याय पाउँथे र ?’।








प्रतिक्रिया