काठमाडौं । महाकाली नदीको भरततर्फको किनारमा सशस्त्र प्रहरीको जवानसहित दुईजना मृत फेला परेका छन् ।
डडेल्धुराबाट बेपत्ता भएका सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगर र उनका मामा नाता पर्ने तीर्थबहादुर थापामगर मृत फेला परेका हुन् । उनीहरू दुवैजना शुक्रबार बेपत्ता भएका थिए ।
भारतीय प्रहरीको समन्वयमा मुचुल्का उठाएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया