२७ असार २०८३, शनिबार

एनआईसी एशिया बैंकको २८ औं वार्षिक साधारणसभा सम्पन्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २८ औं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ । साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी बैंकको तत्काल कायम गरेको साधारण शेयरको चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न सभाले स्वीकृति प्रदान गर्नुको साथै अन्य विभिन्न प्रस्तावहरु पारित गरेको छ ।

सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट अशोककुमार अग्रवाल, रामचन्द्र संघई, जयन्तकुमार अग्रवाल र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट आदित्यकुमार अग्रवाल, केशवप्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारीलाई निर्विरोध निर्वाचित गरेको छ ।