काठमाडौं । हिमालयन बैंक लिमिटेडले यूनियन पे आरएमबी कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले चीनको प्रसिद्ध कार्ड ब्राण्ड यूनियन पेले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलोपटक उक्त कार्ड सेवाको सुरुवात गरेको हो ।
कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका एटीएम, पोस, क्यूआर कोड एवं इकमर्श प्लेटफर्ममार्फत हुने कारोबारको चिनियाँ मुद्रा (सीएनवाई)मा नै सहज भुक्तानी गर्नसक्ने हुँदा बजारमा उपलब्ध अन्य उपकरणहरुको तुलनामा मितव्ययी एवं सर्व स्वीकार्य हुने बैंकले जनाकारी गराएको छ ।
बैंकका अनुसार व्यक्तिगत तथा संस्थागत भ्रमण गर्ने विद्यार्थी, व्यवसायी एवं पर्यटक जो कोहीले नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागद्वारा स्वीकृत सीमासम्मको रकम यूनियन पे आरएमबी कार्डमा लोड गरी यूनियन पेको सञ्जालसँग आवद्ध अलीपे प्लस, वीच्याटपे, निहाओ चीनजस्ता क्यूआर एवं अन्य माध्यममार्फत समेत सीएनवाईमा नै भुक्तानी गर्न सक्नेछन् ।
काठमाडौंको नक्सालस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा तथा यूनियन पे इन्टरनेशनलका तर्फबाट उपाध्यक्ष ज्वाङ बेइले नेपालमा प्रथमपटक उक्त कार्ड सेवाको शुभारम्भ गरे ।








प्रतिक्रिया