२८ असार २०८३, आइतबार

रवि लामिछाने आज दिउँसो साढे १ बजे दिल्ली उड्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज भारत जाँदैछन् ।

भारतको सत्ताधारी दल भारतीय जनता पार्टीको निमन्त्रणामा चार दिने भ्रमणका लागि उनी आज दिउँसो साढे १ बजे दिल्ली प्रस्थान गर्न लागेका हुन् ।

उनी नेपाल एयरलाइन्सको विमानबाट दिल्ली जानेछन् । लामिछानेसँगै भ्रमण टोलीमा रविसँगै उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य पनि हुनेछन्।

भारतमा रहँदा सभापति लामिछानेले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछन् ।