१२ असार २०८३, शुक्रबार

बैंगलोर लगातार दोस्रोपटक आईपीएल च्याम्पियन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले लगातार दोस्रोपटक आईपीएल उपाधि जितेको छ ।

गएराति भएको फाइनलमा बैंगलोरले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गरेको हो ।

आइतबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा खेलिएको फाइनल खेलमा गुजरातले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।

१५६ रनको लक्ष्य पछ्याउँदै बैंगलोरले १८ ओभरमा पाँच विकेट गुमाएर १६१ रन बनाएर फाइनल खेल जित्यो ।

२०२५ मा सोही मैदानमा बैंगलोरले पञ्जाब किंग्सलाई हराएर उपाधि जितेको थियो । बैंगलोर लगातार दुई पटक आईपीएल ट्रफी जित्ने तेस्रो टोली बनेको छ । यसअघि चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले लगातार दोस्रोपटक ट्रफी जितिसकेको छ ।

बैंगलोर आईपीएल इतिहासमा पाँचौं पटक फाइनलमा पुगेको हो । यसअघि बैंगलोरले २००९, २०११, २०१६ र २०२५ मा फाइनल खेलेको थियो । तर, २००९, २०११ र २०१६ मा हारेको थियो । २०२५ मा पहिलोपटक च्याम्पियन बनेपछि बैंगलोरले २०२६ मा फेरि उपाधि जितेको हो ।