२८ आश्विन २०८३, बुधबार

‘आ बाट आमा २’मा मलिका महत अनुबन्धित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’को अभिनेत्रीका रुपमा मलिका महत अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई फिल्मको मुख्य भूमिकामा अनुबन्धित गरेको हो ।

मलिका यस फिल्ममा अनुबन्धभएसँगै तीनै जना हिरोइन फाइनल भएका हुन् । यसअघि अभिनेत्रीका रुपमा रिश्ता गुरूङ, निकिता आचार्य अनुबन्ध भइसकेका छन् । अब मलिका महत अनुबन्ध भएपछि हिरोइन फाइनल भइसकेका छन् ।

आइतबार निर्देशक तथा निर्माता चन्द्र पन्तले उनलाई फिल्मका लागि अनुबन्ध गरेका हुन् । यस फिल्ममा पल शाह, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का अनुबन्धित भइसकेका छन् ।

फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंमले लेखेका हुन् । केही सातापछि नै फ्लोरमा जाने तयारीमा रहेको यो फिल्म आगामी दसैंमा अर्थात असोजज ३० गतेबाट प्रदर्शनमा आउनेछ । यो फिल्मको घोषणा हुँदै गर्दा केही देशमा प्रदर्शन अधिकार समेत बिक्री भइसकेको छ । अमेरिका र क्यानडामा यो फिल्म सोल्ट आउट भइसकेको निर्माण पक्षले जानकारी दिएको छ । त्यहाँ प्रदर्शनका लागि वितरक डोको फिल्म्सले महँगो रकममा खरिद गरेको छ ।

नेपालमा यस फिल्मको वितरण भने आरआर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ । आर्या इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन् ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’को यो सिक्वेल हो । उक्त फिल्मले अघिल्लो वर्ष झण्डै १४ करोडको बक्स अफिस कलेक्सन गरेको थियो । उक्त फिल्मको कथालाई नै निर्देशक पन्तले निरन्तता दिँदै सिक्वेल निर्माणको घोषणा गरेका हुन् ।